
मेलम्ची । मेलम्ची नदिमा आएको बाढीका कारण उक्त क्षेत्रमा रहेका १० झोलुगें पुल र ६ वटा पक्की पुल गरी १६ वटा पुल बगाएको छ ।
मंगलबार राति आएको बाढीले हेलम्बु गाउँपालिका वडा नम्बर १ र २ जोड्ने, २ र ६ जोड्ने, हेलम्बु १ को चिरीखर्कमा रहेको पुल, हेलम्बु १ कै अर्को पुल बगाएको हो ।
यस्तै मेलम्ची नगरपालिका १ तिपेनी जाने पुल, हेलम्बु ३ मा रहेको नेम्पन खोलाको पुल, तिम्बुबाट तेम्बाथान जाने पुल र जुगल गाउँपालिका ३ मा रहेको २ वटा पक्की पुल बाढीले बगाएको हो । जुगलको पुल भने जलविरे नदिले बगाएको हो ।
यस्तै बाढीले ६ वटा पक्की पुल बगाएको छ । यस्तै पक्की पुलमा हेलम्बु १ टिम्बुको पुल, १ कै हल्देको पुल, १ कै चनौटेको पुल, मेलम्ची नगरपालिका १० र ११ जोड्ने पक्की पुल, मेलम्ची खानेपानी आयोजनाले पाँचपोखरी जान बनाएको निर्माणधीन २ वटा पुल बगाएको छ ।
पुलहरु बगाएपछि एक ठाउँबाट अर्को टाउँमा जान समस्या भएको स्थानीयले बताएका छन् । हेलम्बु गाउापालिका सडक सञ्जालबाट टुटेको छ भने एक वडाबाट अर्को वडा जान सक्ने अवस्था नै नरहेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्