१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव दिन राष्ट्र बैंकको आग्रह


0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिमा सरोकारवाला निकायहरुसँग राय सुझाव मागेको छ ।

राष्ट्र बैंकले एक सूचना जारी गरेर इमेलमामार्फत सुझाव दिन सरोकारवाला निकायको ध्यानाकर्षण गराएको हो ।

विगतका वर्षहरुमा जस्तै साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने तयारीसँगै सुझाव संकलन सुुरू गरेको राष्ट्र बैंकले जनाएको छ ।

सम्बद्ध बैंक तथा वित्तीय संस्थाका संघसंगठन, व्यावसायिक संघसंगठनलगायत सबै सरोकारवालाले असार मसान्तसम्म लिखित सुझाव पेश गर्नुपर्नेछ ।

अन्य संस्थाबाट पनि सुझाव संकलन गर्न केन्द्रीय बैंकले सूचनामार्फत जानकारी दिएको हो ।