
तस्विर: निरोज चौलागाई
काठमाडौं । आज पनि देशका विभिन्न नदीहरुमा बाढीको जोखिम रहेकोले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
मनसुन सुरु भएदेखि लगातार वर्षा भईरहेकोले मध्यपहाडी, तराई र चुरेको भूभाग भई बहने साना नदीमा समेत पानीको बहाव बढिरहेको छ ।
पहाडका नदीहरुमा आकस्मिक बाढी आउन सक्ने भएकोले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अपिल गरेको छ ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, पश्चिम राप्ती, कर्णाली र यसका सहायक नदीहरुमा बहाव बढ्दो क्रममा रहेको छ ।
यसैगरी कन्काई, कमला, बागमती, बबई र यसका सहायक नदीमहरुमा पनि बहाव बढ्नेछ ।
बाढी पूर्वानुमान महाशाखाले नदी तटिय क्षेत्रका बासिन्दालाई सजगता अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्