
एजेन्सी । युरो कप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आजको खेलमा स्पेन र पोल्याण्ड, हंगेरी र फ्रान्स तथा पोर्चुगल र जर्मनी भिड्दै छन् ।
यसअघि हिजो भएको खेलमा इंग्ल्याण्ड र स्कटल्यान्डले बराबरी खेल्दै अंक बाँडेका छन् । गएराति भएको खेलमा इंग्ल्याण्ड र स्कटल्यान्डले गोलरहित बराबरी खेलेका हुन् ।
समूह ‘डी’ मा रहेको इंग्ल्याण्डको दुई खेलमा चार अंक भएको छ । स्कटल्यान्डले भने दुई खेलमा एक अंक जोडेको छ ।
यस्तै गएराति नै भएको दोस्रो खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग बराबरी खेल्दै अंक बाँडेको छ ।
दुवैले एक÷एक गोल गरेर बराबरी खेलेका हुन् । बराबरीसँगै समूह ‘डी’ मा रहेको क्रोएसियाले दुई खेलमा एक अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । दुई खेलमा चार अंक जोडेको चेक रिपब्लिक समूहको शीर्ष स्थानमा रहेको छ ।
त्यसैगरी हिजो नभएको पहिलो खेलमा स्वीडेनले स्लोभाकियालाई हराएको छ । सेन्ट पिटर्सबर्गमा भएको खेलमा स्विडेनले स्लोभाकियालाई एक–शून्यले हराएको हो ।
प्रतिक्रिया दिनुहोस्