
एजेन्सी । कोपा अमेरिका फुटबल अन्तर्गत आफ्नो दोस्रो खेलमा अर्जेन्टिना विजयी भएको छ ।
आज बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १—० ले पराजित गरेको हो ।
अर्जेन्टिनाका लागि खेलको १३ औं मिनेटमा गुइडो रोड्रिगेजले गरेको गोल नै निर्णायक बन्यो । उनले लियोनल मेस्सीको पासमा गोल गरेका थिए ।
यसअघि भएको पहिलो खेलमा अर्जेन्टिना चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
उरुग्वेको यो पहिलो खेल हो । यसअघि आजै विहान पौन ३ बजे भएको खेलमा चिलिले बोलिभियालाई १—० ले पराजित गरेको छ ।
बोलिभिया पहिलो खेलमा पाराग्वेसँग पनि पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्