
काठमाडौं, कात्तिक २७ । एनसेलले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर सन्चालनमा ल्याएको छ ।
यसअन्तर्गत् ग्राहकले करबाहेक प्रतिमिनेट एक रुपैयाँको दरमा देशभित्रको सम्पूर्ण नेटवर्कमा कल गर्न सक्नेछन् ।
अफरबाहेक अरु नेटवर्कमा कुरा गर्दा मिनेटको एक रुपैयाँ ९९ पैसा पर्छ ।
यस प्याकअन्तर्गत् ग्राहकले २० मिनेटको ‘अल नेटवर्क टक टाइम’ करबाहेक २० रुपैयाँमा लिनसक्ने जनाइएको छ ।
यसरी देशभित्रको अन्य नेटवर्कमा सुलभदरमा कल गर्न सकिने अफर ल्याइएको यो पहिलोपटक भएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्