१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इटहरीमा मुसहरका लागि तयार भयो चिटिक्क परेका घर


0
Shares

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका अव्यबस्थित रुपमा बसोवास गर्दे आएका मुसहर परिवारका लागि सामुहिक मुसहर बस्ती तयार गरिएको छ ।

घरवारविहिन मुसहर परिवारलाई व्यबस्थित बसोवासका लागि इटहरी उपमहानगरपालिकाले वडा नम्बर १६ को टिटिही टोलमा १५ घरपरिवारका लागि घर निर्माण सम्पन्न गरेको छ ।

इटहरीका विभिन्न स्थानमा बाटो अतिक्रमण गरी बसेका मुसहर समुदायलाई जिविकोपार्जनमा सहयोग र उनीहरुको जीवनयापनलाई थप व्यवस्थित बनाउनले उद्देश्यले इटहरी उपमहानगरपालिकाले वडा नम्बर १६ को टिटिही टोलमा १५ मुसहर घरपरिवारलाई भुकम्प प्रतिरोधात्मक घर निर्माण गरिदिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिनुभएको छ ।

कोरोना माहामारीको समयमा पनि मुसहर समुदायलाई सुरक्षित स्थानमा व्यबस्थित गर्ने उद्देश्यले सामुहिक मुसहर बस्ती निर्माण गरिएको उहाँको भनाई छ ।

सामुिहक मुसहर बस्तीमा अहिले १५ परिवारका लागि घर निर्माण भैसकेको छ । बस्तीको सुन्दरताका लागि एक सामुदायिक भवन, एक दिनभद्री (मुसहर समुदायको मन्दिर), चिल्ड्रेन पार्क, र बोटरबाटो निर्माणको काम अन्तिम चरणमा पुगेको उपमेयर गौतमले बताउनुभयो ।

अबको केहि दिनमै सामुहिक बस्तीमा जाने मोटरबाटोको काम सक्ना साथ पहिलो चरणमा नौ मुसहर घरपरिवारलाई बस्तीमा सारिने उहाँको भनाई छ ।

पहिलो चरणको सामुदायिक मुसहर बस्ती निर्माणमा हाल सम्म एक करोड भन्दा बढि रकम खर्च भैसकेको इटहरी उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेले बताउनुभयो ।

मुसहर बस्तीमा निर्माण गरिएको भुकम्प प्रतिरोधात्मक भवनमा दुईटा कोठा, एक किचन र ट्वाईलेट, बाथरुप र खानेपानीको टुवेल निर्माण गरिएको छ । मुसहर बस्तीमा गत साल ९ वटा र यसपाली ६ वटा गरी १५ घर निर्माण गरिएको इन्जिनियर घिमिरेले बताउनुभयो ।