१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शुक्रबारदेखि थुनिएको रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन


0
Shares

काठमाडौं । शुक्रबारदेखि पहिरोले थुनिएको तामाकोसी नदीको सहायक रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन भएको छ ।

गएराति चीनको तिङ्ग्री काउन्टीको नेपालसँग सीमा जोडिएको लप्चीनजिकै पहिरो गएर खोला थुनिएको थियो । पहिरोले थुनिएको खोला ताल बनेको छ । पहिराले थुनिएको रोङ्सी खोला ओभरफ्लो भएर बग्न थालेको छ ।

धेरै ठूलो ताल बनेकाले सावधानी अपनाएर ताल फुटाउने काम भइरहेको बताइएको छ । नेपालतर्फबाट उक्त क्षेत्र जान असम्भव भएकाले चिनियाँ टोली खोला थुनिएको क्षेत्रमा पुगेको हो ।

रोङ्सी खोला सामान्य अवस्थामा आउन समय लाग्ने भएकाले जोखिम कायमै रहेको छ । यता, रोङ्सी खोलाबाट बाढी आउन सक्ने आकंलन गर्दै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशयबाट पानी छाडिएको छ ।