१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गाउँपालिकाले एमबीबीएस पढाउन १३ लाख छात्रवृत्ति दिने


0
Shares

ताप्लेजुङ । सिरीजंघा गाउँपालिकाले प्रत्येक वर्ष एक जना विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ ।

गाउँपालिकाको ‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ अभियानलाई निरन्तरता दिँदै एमबीबीएस अध्ययनका लागि वार्षिक १३ लाख रुपैयाँ छात्रवृत्ति दिने नीति लिएको हो ।

गरिब जनताका छोराछोरी पनि डाक्टर बनुन् भनेर निःशुल्क एमबीबीएस अध्ययनको योजना बनाएको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षका लागि ४३ बुँदे नीति तथा कार्यक्रम सार्वजानिक गर्दै गाउँपालिका क्षेत्र भित्रका एक जेहेन्दार विद्यार्थीलाई अध्ययन सम्पन्न भएपश्चात कम्तिमा २ वर्ष गाउँमै सेवा गर्ने गरी आवास सहितको छात्रवृत्ति दिने गाउँपालिकाले जनाएको छ ।

गत वर्षदेखि सञ्चालनमा ल्याइएको कृषि र पशु विज्ञान अध्ययन छात्रवृत्तिलाई समेत निरन्तरता गाउँपालिकाले निरन्तरता दिएको छ । पालिका अन्र्तगतका ८ वटै वडाका १–१ जनालाई उक्त विषयको अध्ययनका लागि छात्रवृत्ति दिन थालिएको थियो ।

गाउँपालिकाले बिहीबार आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ४३ बुँदे नीति तथा कार्यक्रम सहित ५० करोड ५७ लाख रुपैँयाको बजेट सार्वजानिक गरेको थियो ।