
फाइल फोटो
डडेल्धुरा । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ ।
पानीको बहाव बढेसँगै डडेल्धुरा स्थित महाकाली नदीसँगै रहेको परशुरामधाम जोखिममा परेकोे छ । जेठ २९ गतेदेखि अविरल परेको पानीले नदीको जलस्तर बढेर खतराको विन्दुमा पुगेको हो ।
अहिले पानीको सतह ७ मिटर नजिक पुगेको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित कार्यालयले जनाएको छ । पानीको बहाव ७ मिटर पुगे खतराको संकेत मानिन्छ ।
दार्चुला, बैतडी, डडेल्धुरा भएर बग्ने सिमावर्ती नदिमा पानीको बहाव बढेकोले नदी आसपासका नागरिकहरूलाई सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्