२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

पलेशाले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने, वाइल्ड कार्डबाट छनोट


0
Shares

काठमाडौं । एक वर्षपछि धकेलिएको टोकियो ओलम्पिकका लागि पाराओलम्पिककी पलेशा गोवर्द्धनले नेपालको प्रतिनिधित्व गर्ने पक्का भएको छ । वाइल्डकार्डको माध्यमबाट सहभागी हुने अवसर पाएकी उनी पाराल्याम्पिक स्पर्धामा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी समते बनेकी छन् ।

५८ के.जी मुनिको स्पर्धा वाइल्ड कार्ड मार्फत छनोट भएकी पलेशा विश्व तेक्वान्दो महासंघको १३औं वरियतामा रहेकोले अन्तर्राष्ट्रिय पारालिम्पिक कमिटीबाट नेपालका लागि एउटा मात्र कोटा दिने व्यवस्था भए अनुसार पलेशलाई वाइल्ड कार्ड मिलेको पारातेक्वान्दो कमिटीका सचिव एवं ओलम्पियन दीपक विष्टले जानकारी दिनुभयो ।

ओलम्पिकका लागि एशियाली क्षेत्रको छनोट प्रतियोगिता जोर्डनको अम्मान शहरमा गत २०७८ जेष्ठ ७ गते देखि २३ गते सञ्चालन भएको थियो । तर, कोरोना महामारी, निषेधाज्ञा, अन्तर्राष्ट्रिय हवाई सेवा अवरूद्ध र जोर्डनमा क्वारेन्टिन बस्नुपर्ने नियमका कारण नेपाली खेलाडीको छनोट सम्भावना टरेको थियो ।

त्यसपछि नेपाल तेक्वान्दो संघले पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धन ५८ के.जी र रञ्जना धामी ४९ के.जीको वाइल्ड कार्डका लागि विश्व तेक्वान्दो महासंघमा पहल गरेको थियो । नेपालबाट प्रतिनिधित्व गर्न लागेकी पलेशाले सन् २०१७ मा कोरियामा भएको तेस्रो एसियन अन्तर्राष्ट्रिय पारा तेक्वान्दो ओपन च्याम्पियनसिप अन्तर्गत ५८ केजी मुनिको तौल समूहमा पाँचौं भएकी थिइन् ।