१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सर्लाहीमा बाढी तथा डुबानको प्रदेश स्तरीय संयुक्त अभ्यास


0
Shares

प्रकाश मैलाली
सर्लाही । जिल्लाको बागमतीमा बाढी तथा डुबानको समयमा गरिने उद्धार कार्यको संयुक्त अभ्यास गरिएको छ ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बागमती नगरपालिकाद्वारा निर्माणाधीन १ सय २१ बिघाको तालमा प्रदेशस्तरीय संयुक्त अभ्यास कार्य सम्पन्न गरेको हो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाढी तथा डुबान हुँदा गरिने उद्धारबारे संयुक्त रुपमा अभ्यासमा सहभागी भएका थिए । अभ्यासमा ढुङ्गाबाट गरिने उद्धार र डोरी तानेर गरिने उद्धारको नमुना देखाइएको थियो ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सबै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो ।

बाढी तथा डुवानले प्रदेश २ मा वर्षेनी धेरै मानिसको हताहत हुनुको साथै करोडौंको धनमाल क्षति हुने गरेको छ । केही दिनअघि मात्र सर्लाहीका सुरक्षा निकायले सोही तालमा जिल्ला स्तरीय बाढी तथा डुबानको पूर्व अभ्यास गरेका थिए ।