१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अवरुद्ध महाकाली राजमार्ग सुचारु


0
Shares

बैतडी । पहिरोले अवरुद्ध महाकाली राजमार्ग सुचारु भएको छ ।

बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सुर्नया गाउँपालिका–३ धरमघर नजिकै पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । शनिबार अपरान्ह ४ बजे अवरुद्ध बनेको राजमार्ग डेढ घण्टापछि सञ्चालनमा आएको हो ।

जेसिबीको सहयताले पहिरो पन्छाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिनुभयो ।

अवरुद्ध राजमार्ग पुनः सञ्चालनमा आएपछि सवारी आवागमन सहज भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।

केही दिनदेखिको लगातारको वर्षाले यहाँका राजमार्ग र ग्रामीण सडकहरू अवरुद्ध भइरहेका छन् ।