१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इरानको राष्ट्रपतिका इब्राहिम राइसी विजयी हुने पक्का


0
Shares

एजेन्सी । इरानको राष्ट्रपतिमा कट्टरपन्थी नेता इब्राहिम राइसी विजयी हुने निश्चित भएको छ । मतगणना नसकिँदै इरानको आगामी राष्ट्रपतिमा कट्टरपन्थी नेता राइसी विजयी हुने निश्चित भएको हो ।

राष्ट्रपतीय निर्वाचनको मतगणना चलिरहँदा राइसले आफ्ना तीन प्रतिद्वन्द्वीलाई पछि पारेका छन् । अहिले राइसी इरानका प्रधानन्यायाधीश हुन् र उनी कट्टरपन्थी विचार राख्छन् । अमेरिकाले उनीविरुद्ध प्रतिबन्ध लगाएको छ । उनी राजनीतिक बन्दीहरूलाई दण्ड दिइएका मुद्दामा संलग्न रहेका थिए ।

इरानमा सर्वोच्च नेतापछि राष्ट्रपति दोस्रो वरीयतामा पर्छ । राष्ट्रपतिको आन्तरिक र वैदेशिक मामिलामा महत्वपूर्ण प्रभाव हुन्छ । तर राज्यसम्बन्धी सम्पूर्ण मामिलामा अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईको हुने गर्छ । साठी वर्षीय नेता राइसीले आफ्नो व्यावसायीक जीवनको अधिकांश समय अभियोजनकर्ताको भूमिका निर्वाह गरेका छन् ।

वर्तमान राष्ट्रपति हसन रुहानीसँगको चुनावमा ठूलो अन्तरले हारेको दुई वर्षपछि सन् २०१९ मा उनी न्यायापालिका प्रमुख भएका थिए । राइसीले भ्रष्टाचार नियन्त्रण र इरानको आर्थिक समस्या हल गर्ने आफू सबैभन्दा उपयुक्त पात्र भएको रूपमा प्रस्तुत गर्दै आएका छन् ।

यद्यपि कैयौं इरानीहरू र मानवाधिकारकर्मीहरूले सन् १९८० ताका राजनीतिक बन्दीहरूलाई दिइएको सामूहिक मृत्युदण्डमा उनको भूमिकाप्रति चिन्ता व्यक्त गर्दै आएका छन् ।