
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले अझै २३ जना बेपत्ता भएको जनएको छन् ।
बेपत्ता हुनेहरूमा मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन जना भारतीय र तीन जना चिनियाँ नागरिक समेत रहेका छन् । गाउँपालिकाले अहिलेसम्म बेपत्ता भएकाहरूको नामावली समेत सार्वजनिक गर्दै बेपत्ता हुनेको संख्या बढ्न सक्ने जनाएको छ ।
हेलम्बु गाउँपालिका वडा नम्बर १ सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ चौरमा गएको पहिरोले नदी थुनेपछि बाढी आएको पनि सो गाउँपालिकाले जनाएको छ । यस्तै गाउँपालिका भित्र रहेका चार वटा मोटरेबल पुल र ६ वटा झोलुङ्गे पुल पनि बाढीले बगाएको सो गाउँपालिकाले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
यस्तै करीब ८ किलोमिटर सडक बगाएको पनि गाउँपालिकाले जनाएको छ । बाढीबाट हेलम्बु गाउँपालिकाको वडा नम्बर १ र सबैभन्दा बढी प्रभावित भएका छन् । एक सय भन्दा बढी घर टहरा बाढीले बगाएको र एक सय पचास भन्दा बढी घर परिवार विस्थापित भएको पनि गाउँपालिकाका प्रशाकीय अधिकृत विष्णुहरि तिमेल्सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया दिनुहोस्