
एजेन्सी । युरोकप फुटबलको समूह ‘एफ’ अन्तर्गत फ्रान्स र हंगेरीबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ । हंगेरीको एस्टाडियो लियोनमा भएको खेलमा दुवै टीमले अंक बाँडेका छन् ।
हंगेरीका लागि पहिलो हाफको इन्जुरी समयमा अट्टिला फियोलाले सुरुवाती अग्रता दिलाएका थिए । तर हंगेरीको अग्रता धेरै समय टिक्न सकेन ।
दोस्रो हाफको ६६ औं मिनेटमा फ्रान्सका एन्टोनी ग्रिजम्यानले फ्रान्सलाई बराबरीमा ल्याए । खेलमा दुवै टीमले राम्रा अवसरहरु बनाए पनि गोलमा परिणत गर्न सकेनन् ।
बराबरी खेलेपनि पहिलो खेल जितेको फ्रान्स ४ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा पोर्चुगलसँग पराजित भएको हंगेरी भने १ अंकसहित समूहको तेस्रो स्थानमा छ ।
यसै समूह अन्तर्गत जर्मनी र पोर्चुगलले राति पौने १० बजे भिड्दैछन् । पहिलो खेल जितेको पोर्चुगल अंकतालिकाको दोस्रो स्थानमा रहँदा फ्रान्ससँग पहिलो खेल हारेको जर्मनी अन्तिममा छ ।
प्रतिक्रिया दिनुहोस्