५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


जर्मनीले पोर्चुगललाई ४–२ ले हरायो


0
Shares

एजेन्सी । युरोकप फुटबलमा गएराति जर्मनीले पोर्चुगललाई ४–२ ले हराएको छ । जर्मनीको म्युनिखमा भएको खेलमा पाहुना टोली पोर्चुगलका क्रिश्चियानो रोनाल्डोले पहिलो गोल गरे ।

तर यसपछि जर्मनीले लगातार चार गोल ग¥यो । उसका लागि काइ हाभर्ट्ज र रोबिन गुसेन्सले एक एक गोल गर्दा पोर्चुगलकै डिफेन्डरहरु रुबेन डियास र राफेल गुरेरोले दुई आत्मघाति गोल गरेका हुन् ।

६७ औं मिनेटमा डिएगो योटाले एक गोल थपेपनि पोर्चुगललाई हारबाट जोगाउन सकेनन् । यो जितपछि समुहको दोस्रो स्थानमा उक्लिएको जर्मनीले अर्को चरणमा प्रवेश गर्ने सम्भावना जिवित राख्दा पोर्चुगल तेस्रो स्थानमा झरेको छ ।

जर्मनी र पोर्चुगल दुवैको समान ३–३ अंक छ । ४ अंक जोडेको फ्रान्स शिर्ष स्थानमा छ । हिजोको खेलमा फ्रान्सले हंगेरीसँग १–१ गोलको बराबरीमा चित्त बुझाउनुप¥यो ।

युरोकप फुटबलकै अर्को खेलमा स्पेन र पोल्याण्डले १–१ गोलको बराबरी खेलेका छन् । खेलमा स्पेनका लागि अल्भारो मोराटाले पहिलो गोल गर्दा पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले बराबरी गोल फर्काएका हुन् ।

युरोकप फुटबलमा आजबाट समुहका अन्तिम चरणका खेलहरु सुरु हुँदैछन् । आज राती पौने १० बजे समुह ‘ए’ का दुई खेल हुनेछन् ।

राउण्ड अफ सिक्सटिनमा पुगिसकेको इटालीले वेल्ससँग खेल्दा स्वीट्जरल्याण्ड र टर्की भिड्नेछन् ।