२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो


0
Shares

एजेन्सी । कोरोना महामारीका कारण ब्राजिलमा मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । गत वर्ष कोरोना महामारी सुरु भएयता सबैभन्दा बढी मृत्यु हुनेमध्ये ब्राजिल दोस्रो मुलुक रहेको छ ।

कोरोनाको खोप प्रभावकारी रुपमा वितरण हुन नसक्दा ब्राजिलमा मृतकको संख्या अझै बढ्ने अधिकारीहरुले चेतावनी दिएका छन् ।

हालसम्म १५ प्रतिशत नागरिकले मात्र खोप लगाएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रपति जायर बोलसनोरोले कोरोनाबाट बच्नका लागि सरकारले जारी गरेका स्वास्थ्यका मापदण्ड पालना गराउन चासो नदेखाउँदा संक्रमण तीव्र गतिमा फैलिएको कतिपयले आरोप लगाएका छन् ।

महामारी नियन्त्रणका लागि प्रभावकारी कदमहरु चाल्न नसकेको भन्दै विपक्षी दलहरुले सरकारको कडा आलोचना गरेका छन् ।

यस्तै सरकारले खोप खरिदको प्रक्रिया अघि बढाउन ढिलो गरेको भन्दै राष्ट्रपतिको निन्दा गरेका छन् ।

गत हप्तादेखि ब्राजिलमा दैनिक ७० हजार भन्दा बढी संक्रमित थपिने गरेका छन् । संक्रमितको संख्या बढेसँगै उपचारमा समस्या भएको बताइएको छ ।