२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कांग्रेसमा महाधिवेशनको जोडघटाउ सुरु : देउवालाई आफ्नै समूहका निधिले टक्कर दिने सम्भावना


0
Shares

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन केन्द्रित सक्रियता बढेको छ । भदौ १६ बाट महाधिवेशन गर्ने निर्णय केन्द्रीय समितिबाट अनुमोदन भएपछि नेताहरुले सक्रियता बढाएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाले हिजो आफूनिकट केन्द्रीय सदस्यहरुलाई बोलाएर आफू फेरि सभापतिमा उठ्ने भएकोले सहयोग गर्न आग्रह गर्नुभएको छ ।

देउवाले हिजो बिहान र दिउँसो प्रदेश १ र २ का आफूनिकट केन्द्रीय सदस्यलाई बुढानिलकण्ठ बोलाएर आफू सभापतिमा उठ्ने भएकोले महाधिवेशन प्रतिनिधि ल्याउनदेखि नै सहयोग गर्न भन्नुभएको छ ।

देउवाले महाधिवेशनमा आफू नै सभापतिमा उठ्ने बताएपछि उपसभापति बिमलेन्द्र निधिले असहमति जनाउनुभयो । निधिले आफु पनि सभापतिमा उठ्ने तयारी गरिरहेकोले सहयोग गर्न देउवासँग आग्रह गर्नुभयो ।

निधिका कुरा सुनेपछि देउवाले सभापतिमा उठ्न जो पनि पाउने बताउनुभएको थियो । २०७२ सालमा भएको १३ औं महाधिवेशनमा देउवालाई निधिले सभापति जिताउन सहयोग गर्नुभएको थियो ।

सभापतिमा निधिले पनि दाबी गरेपछि अब देउवा समुहभित्र पहिलेजस्तो एकमत नदेखिने संकेत देखिएको छ ।

देउवा र निधि नै सभापति उठेमा वरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइरालालगायतका अन्य आकांक्षीहरुलाई फाइदा पुग्ने निश्चित छ ।