
काठमाडौं । आज महाकाली र यसका सहायक नदीमा बहाव सर्तकता तह आसपास रहेको छ ।
आज महाकाली र यसका स-साना सहायक नदीमा बहाब बढ्ने र केही साना नदीमा बहाब सतर्कता तह पार गरि खतरा तह आसपास पुग्न सक्ने पुर्वानुमान गरिएको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
खतराको नजिक रहेकाले उक्त क्षेत्रका स-साना नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।
मशाशाखाकाअनुसार आज नारायणी, कर्णाली र यसका सहायक नदीमा केही बहाव बढने तथा सबैमा सतर्कता भन्दा तलै हुने पूर्वानुमान छ। कोशी जर्लाधारका केही स-साना सहायक नदीमा क्षणिक मध्यम र भारी बर्षा भई बहाव बढ्दो हुने र केही स-साना नदीमा आकस्मिक बहाव हुन सक्ने अनुमान गरिएकाे महाशाखाले जनाएकाे छ ।
त्यस्तै, तिनाउ, बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चाेक, बागलुङ, तनाहुँ, स्याङ्गजा, नवलपुर, परासी, पाल्पा, रूपन्देही, कपिलबस्तु, अघाँखाची, प्युठान, कंचनपुर, कैलाली, डडेल्धुरा, बैतडी, दार्चुला र आसपास जिल्ला भई बहने स-साना
नदी जर्लाधारमा बहाि बढ्दो हुने र केहीमा आकवस्मक बहाव हुने सक्ने सर्तकता आसपास पुग्न सक्ने महाशाखाकाे अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्