७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


देउवाले बागमती प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गर्दै


0
Shares

nepali congress

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफुनिकटका केन्द्रीय सदस्यहरुसँग छलफल गर्दै हुनुहुन्छ ।

१४ औं महाधिवेशनको मिति तय भएसँगैं देउवाले छलफललाई तीव्रता दिनुभएको हो । १४ औ महाधिवेशनमा आफू सभापतिको दावेदार भएको सभापति देउवाले बताइसक्नु भएको छ ।

त्यसकै तयारीस्वरुप देउवाले प्रदेशका आफूनिकट नेताहरुसँग छलफल गर्नुभएको हो ।

हिजो प्रदेश नम्बर १ र प्रदेश २ का केन्द्रीय नेताहरुसँग छलफल गर्नुभएका देउवाले आज बागमती प्रदेशका नेताहरुसँग छलफल गर्ने कार्यक्रम छ ।