
काठमाडौं । सिन्धुपाल्चोकको कोदारी राजमार्गमा पुल र सडक भासिदा आवतजावत बन्द भएको छ ।
लिपिङ खोलामा रहेको पुल एका पट्टिको भागमा पहिरो गएको छ भने अर्कोतर्फ पुलको छेउको भाग खस्दा पुल नै धराप भएपछि सावरी आवतजावत बन्द भएको हो ।
तातोपानीका प्रहरी निरिक्षक नवराज सापकोटाका अनुसार पुलबाट सवारी आवत जावत बन्द गरिएको छ ।
यस्तै कोदारी बजार भन्दा नजिकै र तातोपानीको कोप्लाङ भन्ने ठाउँमा सडक भासिएको छ । सडक र पुल भासिएपछि तातोपानी नाका हुँदै आउने कन्टेनरहरु अलपत्र परेका छन् ।
तीन दिन अघि पुल भासिएर समस्या भएको उक्त ठाउँमा सडक नै भासिएपछि आवागमनमा थप समस्या भएको प्रहरी निरिक्षक सापकोटाले बताउनुभयो ।
सामान्य बाटो बनाएर मानिसले बोेकर ल्याउन मिल्ने सामान बोकेरै तारेपनि ठुला निर्माणका सामग्रीहरु ल्याउन समस्या भएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो ।
सवारी आवागमन बन्द भएपछि शनिबार देखि तातोपानी भन्सारको कारोबार समेत ठप्प भएको छ ।
`खाद्यान्न र औषधिहरु लान पनि समस्या भएको छ,अध्यक्ष पौडेलले भन्नुभयो,
गम्भीर खालका बिरामी र गर्भवती महिलाहरुलाई अस्पताल लानुपरे हेलिकप्टर बाहेक अर्को विकल्प छैन् ।`
सडक खुलाउन पहल गर्न सडक विभागसँग अनुरोध गरेको भएपनि काम सुरु नभएको अध्यक्ष पौडेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्