
काठमाडौं । गृहमन्त्री खगराज अधिकारी र ७ प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुको बैठक सिंहदरबारमा बसेको छ ।
गृहमन्त्री अधिकारीले विपद् ब्यवस्थापन र निर्वाचन सुरक्षाबारे छलफल गर्न भनेर सबै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुलाई काठमाडौं बोलाएको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले जेठ ७ मा दोस्रो पटक संसद विघटन गरेर निर्वाचनको घोषणा गर्नुभएको थियो ।
कात्तिक २६ र मंसिर ३ मा चुनावको घोषण गरेपछि सो कदम विरुद्ध परेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ ।
बैठकमा प्रहरी प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी पनि सहभागी भएको बताइएको छ ।
शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा बोलाएर गृहमन्त्री अधिकारी र ३ सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्