
एजेन्सी । इटालीसँग १–० ले हारेपनि वेल्स युरोकप फुटबल प्रतियोगिताको राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेको छ ।
इटालीको रोममा गएराति भएको समूह ‘ए’ को अन्तिम चरणको खेलमा घरेलु टोलीका लागि माटियो पेसीनाले निर्णायक गोल गरे ।
वेल्सका इथन अम्पादुले ५५ औं मिनेटमा रातो कार्ड खाएपछि टोली १० जनामा समेटिएको थियो । समूह ‘ए’ कै अर्को खेलमा स्वीटजरल्याण्डले टर्कीलाई ३–१ ले हरायो ।
अजरबैजानको बाकुमा भएको खेलमा स्विस टोलीलाई विजयी गराउन खेद्रान शाकिरीले दुई गोल गर्दा ह्यारीस सेफेरोभिचले एक गोल थपे ।
गएरातिका खेलहरुपछि समूह ‘ए’ मा ३ खेलबाट ९ अंक जोडेको इटाली समुह विजेता बन्यो । ४ अंक जोडेको वेल्स दोस्रो स्थानमा रहँदै नक आउट चरणमा प्रवेश गर्दा समान ४ अंक जोडेको स्वीटजरल्याण्डले अन्य समूहका खेलहरु कुर्नुपर्ने भएको छ ।
समूहका विजेता र उपविजेतासँगै तेस्रो स्थानमा रहने ६ मध्ये ४ टोली युरोकप फुटबलको राउण्ड अफ सिक्सटिनमा पुग्नेछन् ।
यसैबीच युरोकप फुटबलमा आज ४ खेल हुनेछन् । बेलुकी पौने १० बजे हुने समूह ‘सी’ का खेलहरुमा नेदरल्याण्ड्स र उत्तरी मेसेडोनिया तथा युक्रेन र अष्ट्रिया भिड्नेछन् ।
यसैगरी राती पौने १ बजे हुने समूह ‘बी’ का खेलहरुमा फिनल्याण्ड र बेल्जियम तथा रुस र डेनमार्क भिड्नेछन् ।
नेदरल्याण्ड्स र बेल्जियम राउण्ड अफ सिक्सटिनमा पुगिसकेका छन् भने बाँकी टोली नक आउट चरणमा प्रवेशका लागि अन्तिम संघर्ष गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस्