२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


संखुवासभामा सेफ्टी ट्याङ्की भत्किएर २ को मृत्यु


0
Shares

काठमाडौं । संखुवासभाको जिल्लाको खाँदबारी नगरपालिका वडा नम्बर ४ सेकाहामा सेप्टिक ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ ।

सेप्टिक ट्याङ्की भत्किएर सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो ।

गम्भीर घाइते गुरुङ र राईलाई उपचार गर्न जिल्ला अस्पताल संखुवासभा लगिएकोमा हिजो बेलुकी उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले जानकारी दिनुभयो ।

घाइते दुवैलाई स्थानीयले तत्कालै उद्धार गरेर जिल्ला अस्पताल ल्याएका थिए ।