१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पेरुद्वारा कोलम्बिया पराजित


0
Shares

एजेन्सी । कोलम्बियालाई हराउँदै पेरुले कोपा अमेरिका फुटबलको क्वाटरफाईनलमा पुग्ने संभावना जिवित पारेको छ ।

ब्राजिलमा जारी लेटिन अमेरिकी महादेशको सबैभन्दा ठूलो प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न खेलमा पेरु २–१ ले विजयी भयो ।

पेरुका लागि सर्जीयो पेनाले एक गोल गर्दा कोलम्बियाका डिफेन्डर येरी मिनाले एक आत्माघाति गोल गरे ।

कोलम्बियाका लागि मिग्वेल बोर्याले पेनाल्टीमार्फत एक गोल फर्काए । जितपछि पेरु समुह ‘बि’ को तेस्रो स्थानमा उक्लिएको छ ।

दुई खेलबाट उसको ३ अंक भएको छ । समान खेलबाट ६ अंक जोडेको ब्राजिल शिर्ष स्थानमा रहँदै क्वाटरफाईनलमा पुगिसकेको छ ।

३ खेलबाट ४ अंक जोडेको कोलम्बिया दोस्रो स्थानमा छ । भेनेजुएलाको २ अंक छ भने इक्वेडरको १ अंक छ ।

आज बिहानको खेलमा भेनेजुएला र इक्वेडरले २–२ गोलको बराबरी खेलेका हुन् ।