
डडेल्धुरा । मौसमी तरकारीमा अज्ञात रोग लागे पछि डडेल्धुराका किसान चिन्तित भएका छन् ।
फागुनमा बाली लगाएर जेठ असारसम्ममा बिक्री गरी आय आर्जन गर्दै आएका किसानहरु तरकारीबालीमा रोग लागेसँगै चिन्तित बनेका हुन् ।
डडेल्धुराको भागेश्वर गाउँपालिका लाकम, ढडानी, ऐडुंग्रा, गोलाईलगायत बगरकोट क्षेत्रमा गरीएको तरकारी खेतीमा रोग देखिएको हो ।
तरकारी खेतीबाट आम्दानी गर्दै आएका यस क्षेत्रका किसानहरुले यस वर्ष भने तरकारी बिक्री गर्न पाएका छैनन् ।
अहिले किसानहरुले लगाएको गोलभेडा, भन्टा, तितेकरेला, सिमीलगायतका तरकारीमा रोग देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्