
रसुवा । रसुवाको गोसाँइकुण्डमा दश दिनसम्म लाग्ने गंगा दशहरा मेला यस वर्ष पनि प्रभावित भएको छ ।
कोरोना त्रासका कारणले गोसाँइकुण्डमा स्नान गर्न आउने भक्तजनहरुको संख्या न्यून रहेको छ ।
जिल्लाबाट फाट्टफुट्ट स्नानका लागि आए पनि अन्य जिल्लाबाट भक्तजनहरु नआएको गोसाँइकुण्ड क्षेत्र विकास समितले जनाएको छ ।
लामो लकडाउन, कोरोना महामारीका कारण यो वर्ष पनि मेला प्रभावित भएको हो ।
ज्येष्ठ शुक्लपक्षबाट दशमीसम्म गोसाँइकुण्डमा स्नान गर्न विगतका वर्षहरुमा हजारौंको संख्यामा भक्तजनहरु आउने गरेका थिए ।
अघिल्लो वर्ष पनि कोरोना संक्रमणको त्रासको कारण गोसाइकुण्डमा स्नान गर्नेको संख्या न्यून रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्