२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कांग्रेस सभापति देउवा महाधिवेशनको तयारीमा: लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नेताहरुसँग छलफल गर्दै


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले आज पनि आफ्नो समुहका केन्द्रीय सदस्यहरूसँग छलफल गर्दै हुनुहुन्छ ।

आज उहाँले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका आफूनिकट केन्द्रीय सदस्यहरूसँग कुराकानी गर्न लाग्नुभएको हो ।

पार्टीको केन्द्रिय कार्यसमितिले आगामि भदौं १६ गतेदेखि महाधिवेशन गर्ने कार्यतालिका पारित गरेसँगै देउवाले आन्तरिक भेटघाट र परामर्श तिव्र पार्नुभएको हो ।

उहाँले यसअघि आफ्नै निवास बुढानिलकण्ठमा प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशका आफ्ना समुहका नेताहरुसाँ छलफल गरिसक्नुभएको छ।

आसन्न १४ औं महाधिवेशनमा फेरि सभापतिमा उठ्ने घोषणा गर्नुभएको देउवालाई यसपटक आफ्नै समुह मिलाउन कठिन हुने संभावना छ ।

लामो समयदेखि आफ्नो समुहमा रहनुभएका उपसभापति बिमलेन्द्र निधीले पनि यसपटक सभापतिका उठ्ने बताएपछि देउवा अप्ठ्यारोमा पर्नुभएको छ ।

निधी असन्तुष्ट भएपछि उहाँ पछिल्लो सयम कृष्ण सिटौला र अन्य नेताहरुलाई मिलाउनेतर्फ लाग्नुभएको छ ।