१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हाँस्न सकेका छैनन् हाँसपालक


13
Shares

उपेन्द्र खनाल
तनहुँ । हाँस पालनमा हौसिएका तनहुँका कृषक लामो लकडाउनका कारण मारमा परेका छन् । विदेशको रोजगारी छाडेर स्वदेशमै व्यवसाय गर्ने ध्येयले सामूहिक हाँस पालनमा लागेका युवा हाँस बिक्री नभएपछि निरास भएका छन् ।

ब्यास नगरपालिकाको पोखरिभन्ज्याङ अहिले हाँस भञ्ज्याङको रुपमा चिनिन थालेको छ । स्वदेशमै पसिना बगाऔ भन्ने उद्देश्यले हाँस पालनमा लागेका युवाहरुले युगिन कृषि फार्म सञ्चालन गरेर हाँस पालनमा लागेपछि यस ठाउँमा कृषि कर्मममा लाग्ने युवाहरुको संख्या बढ्दै गएको छ ।

युवाहरुले सञ्चालन गरेको यो फार्म अहिले हाँसको बथानले भरिभराउ छ । तर, लकडाउनका कारण बिक्रि गर्न योग्य हाँस बिक्रि हुन सकेको छैन । हाँस पालेर आम्दानी लिन सकिन्छकी भनेर व्यवसाय गरेका यहाँका कृषक बिक्रि गर्ने बेलामा बजार नहुँदा समस्यामा परेको अनिता ढकालको दुखेसो छ ।

अहिले बिक्रि गर्न योग्य भएका आठ हजार हाँस बिक्रि नहुँदा फार्ममै छन् । बिक्रि गर्ने बेलाका हाँस व्यापारी नआउँदा भने कृषकले दाना खुवाएरै राख्नुपर्ने बाध्यता छ । दैनिक एक लाख रुपैयाँको दाना हाँसलाइ खुवाउनुपर्ने भएपनि कृषकले अहिले ४० हजारको मात्रै दाना खुवाउने गरेका छन् ।

पछिल्लो समय कोरोनाका कारण भएको बन्दाबन्दीले गर्दा कृषकहरु मर्कामा परेका हुन । अरु बेला पन्ध्र सय रुपैयाँ प्रतिकिलो बिक्रि गरिदै आएको हाँस यतिखेर एक हजार रुपैयामा पनि बिक्रि हुन गाह्रो भएको कृषकको गुनासो छ । हाँसको लागि छुट्टा छुट्टै तीन ओटा पोखरी बनाईएको छ । काठमाडौ र चितवनमा हाँस बिक्रि हुने गरे पनि होटलहरु बन्द भएकाले हाँस बिक्रि हुन नसकेको फार्मका प्रोपाइटर इस्वरराज पन्थको भनाई छ ।

दैनिक एक लाख रुपैय बढीको हाँसको कारोबार हुने समय भएपनि बन्दाबन्दीले गर्दा अहिले दैनिक आठ हजारको मात्रै हाँस बिक्रि हुने गरेको छ । बुटबलबाट एक सय बीस रुपैयाँमा खरिद गरी ल्याएर हाँस पालेका पन्थले बिक्रि नै नभएपछि निरास बनेका हुन् ।

त्यसैले स्थानीय सरकारले यस्ता हाँसपालक कृषकको समस्यालाई समाधान गर्न सहजीकरण गरे हाँसपालक कृषकहरुको भलाई हुने थियो । (हेर्नुहोस् भिडियो)