
काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका ओलपक्षीय नेता गोकुलप्रसाद बाँस्कोटाले अदालतमा बुझाएको सही फिर्ता लिन इतरपक्षका सांसदहरूलाई आग्रह गर्नुभएको छ ।
पार्टी एकता कायम गर्नका लागि अदालतमा बुझाएको सही र जेठ ३ अघिको बैठक बस्न बाँस्कोटाले सामाजिक सञ्जालमार्फत आग्रह गर्नुभएको हो ।
उहाँले पार्टी एकताको पक्षमा लागेको नेताहरूप्रति संकेत गर्दै कमरेडहरू थाकेको होकि भन्दै व्यङ्ग्यसमेत गर्नुभएको छ । एकताको खिचडी पकाउन असारमा झुर्का नभेटेको हुनसक्ने भन्दै माथिका दई शर्त नमाने पार्टी एकताो प्रयास पनि छाडिदिन आग्रह गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ, ‘एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरू नै थाके कि के हो ? खिचडी पाक्ने त हो-हाेइन चुल्हो धुवाँएको पनि देखिएन । कि असारे झरीमा झुर्का भेटिएन ? अदालतमा बुझाएको सही फिर्ता लिने, जेठ ३ अघिको बैठक बस्ने । त्यो नमान्ने भए भो छोडदिम्, झुर्का खोज्ने र टाउको दुखुन्जेल ढुङ्ग्रो फुक्ने काम ।’
प्रतिक्रिया दिनुहोस्