७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


डडेल्धुराका अधिकांश ग्रामीण सडक अवरुद्ध


0
Shares

डडेल्धुरा । अविरल वर्षाका कारण डडेल्धुराका अधिकांश ग्रामीण सडकहरू अवरुद्ध भएका छन् । लगातारको वर्षाले सदरमुकामसँग जोडिएका दर्जनौं सडक अवरुद्ध भएका हुन् ।

ग्रामीण सडक हिलाम्य हुँदा मानिसहरू जोखिम पूर्ण यात्रा गर्न बाध्य भएका छन् । निषेधाज्ञाका कारण यात्रुवाहक सवारी साधन सञ्चालनमा नआएपनि मालवाहक यातायातका सवारी साधनका साथै स्थानीयलाई आवतजावतका लागि समस्या भएको छ ।

स्थानीय तहहरूले मापदण्ड विपरित ग्रामीण सडक निर्माण गर्दा वर्षातमा डडेल्धुराका अधिकांश सडक जोखिमपूर्ण हुने गरेका स्थानीयले बताएका छन् ।