
ईन्द्र गिरी
संखुवासभा । खाँदबारी नगरपलिका –४ सेकाहामा सेफ्टिक ट्याङ्कीमा निसासिएर दुई मजदुरको मृत्यु भएको छ ।
शौचालयको नयाँ सेफ्टिक ट्याङ्की भित्रको सटिङ खोल्न भित्र छिरेका उनीहरूको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा खाँदबारी–४ सेकाहाका २५ वर्षीय ईश्वर राई र ३३ वर्षीय ताराबीर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताउनुभयो ।
स्थानीय नरेश गुरुङको सेफ्टिक ट्याङ्कीको सटिङ खोल्न सुरुमा राई ट्याङकी भित्र पसेका थिए । राई बहोस भएको देखेपछि गुरुङ ट्याङ्कीभित्र पस्दा उनी समेत बेहोस भएपछि दुवैलाई ट्याङ्की फुटाएर अचेत अवस्थाबा बाहिर निकालिएको थियो ।
उनीहरूलाई उद्धार गर्ने क्रममा ट्याङकी भित्र पसेका अर्का स्थानीय युवासमेत घाइते भएका छन् । अचेत अवस्थामा आइतबार साँझ जिल्ला अस्पताल पुगेका उनीहरूको उपचारको क्रममा मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्