
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी छनोटका लागि ४ सदस्यीय समिति गठन गरेको छ ।
क्यानका तीन सदस्य र प्रायोजकका एक सदस्य रहेको जर्सी छनोट समिति गठन गरिएको क्यानले जनाएको छ । समितिमा क्यानका केन्द्रीय सदस्य छुम्बी लामा, जेनेरल म्यानेजर रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास रहेका छन् ।
समितिले आवेदन परेको मध्येबाट उत्कृष्ट डिजाइन भएको जर्सी छनोट गर्दै क्यानको बोर्डमा पेश गर्नेछ । क्यानको बोर्डले जर्सीको अन्तिम छनोट गर्नेछ । क्यानले पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राष्ट्रिय टिमको जर्सी छनोट गर्न लागेको हो ।
क्यानले ५ सय बढी जर्सीको डिजाइन प्राप्त भएको जनाएको छ । उत्कृष्ट जर्सी डिजाइन गर्नेले पुरस्कार स्वरुप एक लाख पाउने छन् । नेपालले जुलाइमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँग स्पेनमा एकदिवसीय सिरिज खेल्दैछ ।
प्रतिक्रिया दिनुहोस्