
काठमाडौं । जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशका चार सांसद्को पदको विषयमा असार २१ गते पूर्ण सुनुवाइ हुने भएको छ ।
उपेन्द्र यादव पक्षको कारबाहीपछि प्रदेशसभा सदस्यबाट पदमुक्त भएका सन्तोषकुमार पाण्डेयसहित चार जना सांसदको पल रहने वा नरहने विषयमा सुनवाइ हुन लागेको हो । पदमुक्त भएका सांसदको सर्वोच्चको अन्तरिम आदेशपछि पुनर्वहाली भएका थिए ।
अदालतले प्रदेश निर्वाचन आयोग लुम्बिनीको लिखित जवाफ म्यादभित्र पेश नभएको र अन्यको लिखित जवाफ पेश भइसकेको भन्दै रिट निवेदनको संवेदनशीलतालाई विचार गरी असार २१ गते पूर्ण सुनुवाइको आदेश दिएको छ ।
चारै जना सांसद् अहिले मन्त्री छन् ।
प्रतिक्रिया दिनुहोस्