१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कालीगण्डकी नदीकाे किनारमा पुरुषको शव भेटियो, पोस्टमार्टम नगरी अन्त्येष्टी


0
Shares

स्याङ्जा । कालीगण्डकी नदीको किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

सोमबार बिहान कालीगण्डकी गाउँपालिका–५ बाँसटारीस्थित नदी किनारमा नामथर नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

शवमा कुनै पनि कपडा नभएको र पहिचान तथा पोष्टमार्टम समेत गर्न नसकिने अवस्था रहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारी बताउनुभयो ।

मृतककाे शव स्थानीय र जनप्रतिनिधिको रोहबरमा नदी किनारमा खाडल खनी अन्त्येष्टी गरिएकाे छ ।