
एजेन्सी । भारतमा एकैदिनमा ८० लाखलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ ।
कुनै देशमा एकैदिन यति धेरै संख्यामा खोप लगाइएको यो पहिलो पटक हो । खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको भारतले हिजो ८० लाखलाई खोप लगाएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्ध लड्ने हतियारका रुपमा रहेको खोप अभियानलाई तीब्रता दिएको जानकारी दिंदै आफनो देशका नागरिकहरुलाई खोपबाट वन्चित नगर्ने घोषणा गर्नुभयो ।
सामाजिक सञ्जालमा ट्वीट् गर्दै उहाँले खोप अभियानमा सक्रिय सबैलाई धन्यबाद दिनुभएको छ । भारतले हरेक १८ बर्ष माथिका व्यक्तिलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने नीति लिए अनुरुप १८ बर्षमा सवैलाई खोप लगाउने अभियान सुरु गरेको हो ।
यसअघि प्राथमिकता सूचीमा परेकाहरुलाई मात्रै खोप लगाउने व्यवस्था गरिएको थियो । यसबीच खोप लगाउन पाएका भारतीय नागरिकहरुले पनि सरकारको प्रशंसा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्