१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


गरिब देशहरुमा कोरोनाविरुद्धको खोपको चरम अभाव


0
Shares

एजेन्सी । गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

कोरोना विरुद्धको बिश्वब्यापी खोप साझेदारी योजना ‘कोभ्याक्स’का लागि खोप पर्याप्त नभएको खुलासा भएको हो ।

विश्व स्वास्थ्य संगठनले हाल १ सय ३१ राष्ट्रहरुमा ९ करोड डोज खोप उपलब्ध गराएको जानकारी दिंदै संगठनका वरिष्ठ सल्लाहाकार डा.ब्रुस एलवर्डले कोभ्याक्स कार्यक्रमका लागि पर्याप्त खोप उपलब्ध नभएको जनाउनुभएको हो ।

अफ्रिाकाका केही राष्ट्रहरुमा तेश्रो लहरको भाइरस देखा परिसकेको खुलासा गर्दै उहाँले गरीब राष्ट्रहरुलाई माग अनुसारको खोप दिन असमर्थ हुने प्रष्ट पार्नुभएको हो ।

यसैबीच दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले धनी राष्ट्रहरुको तुलनामा गरीब राष्ट्रहरु खोपबाट वन्चित भएको भन्दै गरीब राष्ट्रहरुमा उपलब्ध गराउन अनुरोध गर्नुभएको छ ।

अफ्रिकी राष्ट्रहरुमा हालसम्म ४० करोड डोज खोप उपलब्ध भएको जानकारी दिंदै राष्ट्रपति रामाफोसाले जुन कुल जनसंख्याको २ प्रतिशत मात्रै भएको बताउनु भएको छ ।