२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


गाजापट्टीमा सहज बन्दै जनजीवन


0
Shares

एजेन्सी । इजरायलले प्यालेस्टाईनमा सीमित मात्रामा कृषि उत्पादन र अत्यावश्यक सामग्री आपुर्तीका लागि अनुमति दिएको छ ।

इजरायलले र प्यालेस्टाइनबीच युद्ध भएको एक महिनापनि सुरक्षा अवस्थाको मूल्यांकन गरेर सीमित मात्रामा आपुर्ती गर्न अनुमति दिइएको इजरायलको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले सशर्त निर्यातसम्बन्धी नियम जारी गरेसँगै अत्यावश्यक सामग्री निर्यातमा सहज भएको हो ।

इजरायल र गाजामा शासन गर्ने प्यालेस्टाइन समूह हमासविरुद्ध गत महिना युद्ध भएको थियो ।

त्यसयता दुवै पक्षले एक अर्कामाथि लगाएका प्रतिबन्धहरु अझै कायमै रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

दुवै समूहको प्रतिबन्धका कारण हजारौंको रोजगारीसमेत गुमेको बताइएको छ ।

यता हमासका नेताहरुले अन्तर्राष्ट्रिय सहयोग रोकेको भन्दै इजरायलको कडा आलोचना गरेका छन् ।

उनीहरुले प्यालेस्टाइन र गाजापट्टीमा ठूलो मानवीय सहायताको आवश्यकता रहेपनि अन्तर्राष्ट्रिय सहयोग रोकेको भन्दै इजरायलको निन्दा गरेका हुन् ।

यस्तै इजरायलले प्रतिबन्ध हटाउने नाममा आफूहरुमाथि अनावश्क दवाव दिएको पनि हमासका नेताहरुले दावी गरेका छन् ।