१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निषेधाज्ञा आजदेखि केही खुकुलो, प्रत्यक्ष सम्पर्क हुने व्यावसायिक क्षेत्र चलायमान बनाउन समय तालिका निर्धारण


0
Shares

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि केही खुकुलो भएको छ ।

उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरुको आइतबारको बैठकले केही प्रतिबन्धहरुलाई खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

आजदेखि सुरु हुने निषेधाज्ञाको नयाँ चरणमा साना सवारीसाधानलाई जोरविजोर प्रणाली लागू गरी सञ्चालनको अनुमति दिइएको छ । त्यसैगरी केही प्रत्यक्ष सम्पर्क हुने तथा भिडभाड हुनेबाहेकका व्यवसायसमेत आलोपालो गरी सञ्चालन हुनेछ ।

डिपार्टमेन्ट स्टोर्स, सपिङ मल, खेलकुद, सामग्री, पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्टका पसल, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपसान्ह ४ बजेसम्म सञ्चालन गर्न सकिने गरी आदेशमा नयाँ व्यवस्था गरिएको छ ।

सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, घरायसी सामग्री, अटोमोबाइल, शोरुम अटोमोवाइल पार्टस् पसल, इलेक्टोनिक्स पसल आइतबार मङ्गलबार र बिहिबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइनेछ ।

भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको विगतको व्यवस्था कायमै रहने भएको छ । फुटपाथ र खुला ठाउँमा हुने व्यापारलाई पनि रोक लगाइएको छ ।

नित्यकर्म बाहेकका धार्मिक कार्यक्रममा पनि सञ्चालन गर्न पाइने छैन भने भौतिक उपस्थितिमा पठनपाठन गर्न पनि रोक लगाइएको छ ।