१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राप्रपा संयुक्तबाट कांग्रेस प्रवेश गरेका ५५ जनालाई महासमिति सदस्यमा समायोजन


0
Shares

RPP Sunil Thapa congress resignation

काठमाडौं । नेपाली कांग्रेसले राप्रपा संयुक्तबाट पार्टी प्रवेश गरेका ५५ जनालाई महासमिति सदस्य पदमा समायोजन गरेको छ ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा राप्रपा तत्कालीन महामन्त्री सुनिल थापा नेतृत्वमा कांग्रेस प्रवेश गरेका उनीहरुलाई महासमिति पदमा समायोजन गरिएको जनाइएको छ ।

उनीहरुलाई कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय बमोजिम महासमिति सदस्यमा समायोजन गरिएको हो ।

यसअघि राप्रपा परित्याग गरि कांग्रेस प्रवेश गर्नुभएका सुनिल थापालाई पार्टीले सहमहामन्त्री बनाएको थियो ।

यस्तै केन्द्रीय सदस्यहरुमा किरण गिरी, रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, वृजलाल यादव लगायतका नेताहरुलाई केन्द्रीय सदस्य बनाएको थियो ।

महासमिति सदस्यहरुमा सुनिलबहादुर थापा, रामकृष्ण भट्टराई, किरण गिरी, अग्नी ओझा, मीन बहादुर कार्की, इन्द्र बहादुर तामाङ लगायत रहेका छन् । सूची सहित