१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अफ्गानिस्तानमा तालिवान विद्रोहीको पकड, क्षेत्रीय सुरक्षा जोखिम बढेको राष्ट्रसंघको ठहर


0
Shares

एजेन्सी । अफ्गानिस्तानमा तालिवान विद्रोहीको पकड बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

अफ्गानिस्तानको लागि राष्ट्रसंघकी विशेष दुत डिबोरा लियोन्सले पछिल्लो समय अफ्गानिस्तानका अधिकांश क्षेत्रमा तालिवानको प्रभाव बढीरहेको बताउनुभयो ।

देशका ३ सय ७० जिल्लामध्ये अहिलेसम्म ५० भन्दा बढी जिल्ला तालिवानहरुको नियनन्त्रणमा गइसकेका छन् ।

यही क्रम जारी रहे छिटै पुरै देशमा तालिवान विद्रोहीको नियन्त्रण हुने उनको ठहर छ । यसले अफ्गानिस्तानका नजिक र टाढाका छिमेकी देशहरुमा समेत सुरक्षा जोखिम बढेको बताईएको छ ।

हिजोमात्रै तालिवान विद्रोहीले ताजकिस्तानसँगको मुख्य सिमा नाका नियन्त्रणमा लिएका छन् । कुन्दुज प्रान्तको राजधानी कुन्दुज शहरमा सरकारी सेनाको नियन्त्रण भएपनि प्रदेशका अन्य शहरहरुमा तालिवानको पकड छ ।

अफ्गानिस्तानबाट विदेशी सेना फर्कीदै गर्दा तालिवानले प्रभाव बढाइरहेको छ । अमेरिकी नेतृत्वको नेटो सेना अफ्गानिस्तानबाट पूर्णरुपले फिर्ता हुने तयारीमा छ ।