
एजेन्सी । अमेरिकाका सरुवा रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले भारतमा फैलिएको डेल्टा भाइरस अमेरिकाका लागि थप चुनौतीको विषय बनेको बताउनुभएको छ ।
सजिलै एकअर्कामा सर्ने यो भाइरस पछिल्लो समय अमेरिकामा तीव्र गतिमा विस्तार भइरहेको भन्दै अमेरिका पुनः एकपटक कोरोना महामारीको चपेटामा पर्ने फाउचीको दाबी छ ।
गत अप्रिलदेखि भारतमा देखा परेको यो भाइसरले भारतमा हजारौंको ज्यान लिएको बताउँदै फाउचीले अब अमेरिका र बेलायतमा यो भाइरस बिस्तारै फैलिरहेको दावी गर्नुभएको हो ।
हालसम्म नामाकरण गरिएका चार भाइरसमध्ये डेल्टा निकै खतरनाक सावित भएको भन्दै फाउचीले यसको नियन्त्रणमा विशेष ध्यान दिन अमेरिकी र बेलायत उहाँले सुझावसमेत दिनुभएको छ । अमेरिकामा हाल यो भाइरस संक्रमित संख्या ६ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्