१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


भेरी नगरपालिकाका वडा सदस्यको भिरबाट लडेर मृत्यु


0
Shares

काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–२ का वडा सदस्य सुशीला नेपालीको भिरबाट लडेर मृत्यु भएको छ ।

भीरबाट लडेर घाइते हुनुभएका नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उहाँ लडेर घाइते हुनुभएको थियो ।