
फाइल फोटो
रोल्पा । रोल्पा नगरपालिका होमामा गएराति पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ ।
अविरल वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले घर पुरिँदा स्थानीय तिकासिंह बुढामगरका ८६ वर्षीय आमा करती बुढामगर, १८ वर्षीय बुहारी सुशीला बुढामगर र १५ वर्षिय छोरी श्यामकला बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राति सुतेका ६ जना मध्ये २ जनाको अवस्था सामान्य रहेको छ भने एक जना घाइते भएका छन् ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीसहितको टोली घटनामा पुगेर उद्दारको काम गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्