
प्रतिकात्मक तस्विर ।
सर्लाही । इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मलङ्गवा गम्हरिया पल्सी टोलमा खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मृतकहरू स्थानीय सदाम अन्सारीका आठ वर्षीय छोरा रेआज अन्सारी र छ वर्षीय छोरा नेआज अन्सारी रहेका छन् । मृतक बालकहरूको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा लगिएको छ ।
इँटा उद्योगमा काम भएको समयमा आउजाउमा कडाई गरिएको थियो । कामदारहरू नभएको समयमा बालकहरू पौडी खेल्न जाँदा डुबेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्