
एजेन्सी । हङकङको सबैभन्दा ठूलो प्रजातन्त्र पक्षधर अखबार ‘एप्पल डेली’ले आफ्नो प्रकाशन बन्द गर्ने घोषणा गरेको छ ।
गतहप्ता विवादास्पद राष्ट्रिय सूचना कानुनको उल्लंघन गरेको भन्दै चिनियाँ प्रहरीले पत्रिकाको कार्यालयमा छापा मारेको थियो । सरकारले १ करोड ९० लाख हङकङ डलर(२३ लाख अमेरिकी डलर)को सम्पत्ति फ्रिज गरेपछि कम्पनीले पत्रिका बन्द गर्ने घोषणा गरेको हो ।
गत हप्ता छापा मार्ने क्रममा प्रहरीले पत्रिकाका प्रधानसम्पादकसहित अन्य पाँच अधिकारीलाई पक्राउ गरेको थियो । हङकङ र चिनियाँ नेतृत्वको आलोचना गर्दै आएको अखबारका संस्थापक जिमीलाई पहिलेदेखि नै कैयौं आरोप लगाएर जेलमा राखिएको छ ।
पत्रिकाको बोर्ड सदस्यले एक विज्ञप्ति जारी गर्दै २६ वर्ष पुरानो पत्रिकाले आफ्नो अन्तिम संस्करण शनिबारपछि प्रकाशित गर्नेछैन र यसको डिजिटल संस्करण शनिबार राति ११ः५९ पछि अफलाइन हुनेछ । विज्ञप्तिमार्फत पत्रिकाले पाठक, काम गर्ने पत्रकार, कर्मचारी र विज्ञापनदाताहरूका साथै आफ्ना समर्थकहरूलाई पनि धन्यवाद दिएको छ ।
संस्थापक जिमी लाइका नजिकका सल्लाहकार मार्क साइमनले प्रहरीले बुधबार बसेको बोर्डको बैठकमा समेत अवरोध पुर्याउँदै एक पत्रकारलाई गिरफ्तार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्