१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश १ को बजेट सर्वसम्मतले पारित


0
Shares

विराटनगर । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/०७९ को लागि ल्याएको बजेट प्रदेशसभामा सर्वसम्मतले पारित भएको छ ।

दुई दिनसम्म चलेको बजेटमाथिको छलफलमा प्रदेशसभा सदस्यहरूले उठाएको प्रश्नहरूको आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले जवाफ दिएका दिनुभएको थियो ।

मन्त्री आङ्बुहाङले आज प्रदेशसभा बैठकमा आउँदो वर्षका लागि बजेट कार्यान्वयन गर्न ल्याएको विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो ।

प्रस्ताव सभामुख प्रदीपकुमार भण्डारीले सदनमा निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले ध्वनी मतद्वारा पारित भएको छ । आउँदो वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाखको अनुमानित बजेट प्रदेश सरकारले प्रस्तुत गरेको छ ।