१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युरोकपमा समूह चरणका अन्तिम चार खेल हुँदै


0
Shares

एजेन्सी । युरोकप फुटबलमा आज (मंगलबार) समूह चरणका अन्तिम खेल हुँदैछन् । समूह ‘इ’ र ‘एफ’ का अन्तिम चार मंगलबार हुन लागेका हुन् ।

राति पौने १० बजे स्विडेन र पोल्याण्ड तथा स्लोभाकिया र स्पेन भिड्दा राति पौने १ बजे फ्रान्सले पोर्चुगल तथा हंगेरीले जर्मनीको सामना गर्नेछ ।
आजका खेलहरूपछि अन्तिम १६ मा पुग्ने बाँकी चार टोलीको टुंगो लाग्नेछ ।

अहिलेसम्म इटाली, बेल्जियम, नेदरल्याण्ड्स, इंग्ल्याण्ड, वेल्स, डेनमार्क, अष्ट्रिया, क्रोएसिया, स्वीट्जरल्याण्ड, चेक रिपब्लीक, फ्रान्स र स्विडेन नक आउट चरणमा पुगिसकेका छन् ।