
तस्बिर फाइल
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशभर आफ्नो पार्टीको मान्यता स्थापित गर्नुपर्ने बताउनुभएको छ ।
मंगलबार राप्रपाको केन्द्रीय निर्देशन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशमा संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको बेलामा आफ्नो पार्टीको मान्यता स्थापित गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘यस्तो बेलामा धक्का दिन सके राप्रपाको मान्यताहरू स्थापित हुने र पार्टी अग्रणी शक्तिको रूपमा स्थापित हुन्छ ।’
अध्यक्ष थापाले पार्टीलाई माथि उठाउनको निम्ति चाँडोभन्दा चाँडो महाधिवेशन गर्नुको विकल्प नभएको बताउनुभयो । पार्टी गतिहीन भएको स्वीकार गर्दै थापाले यही अवस्थामा निर्वाचनमा गए हार व्यहोर्ने उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्